बाल सुधार गृहमा झडप : अस्पतालबाट सबै डिस्चार्ज, आगजनी र तोडफोड गर्ने अनुसन्धानमा
बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा शुक्रबार राति भएको झडपमा घाइते भएका सबै जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
घाइते ४९ जना मध्ये ४३ जनालाई शनिबार साँझ नै डिस्चार्ज भइसकेका थिए । बाँकीलाई सामान्य उपचारपछि राति नै अस्पतालले डिस्चार्ज गरेको बाँकेका प्रमुख जिल्ला अधिकारीले धर्मराज जोशीले रातोपाटीलाई बताए ।
२ सय ५५ जनाभन्दा बढी बालबन्दी रहेको सुधार गृहमा दुई समूहबिच झडप हुँदा सुधार गृहभित्र आगजनीसमेत भएको थियो । बालबन्दीहरूले आफू बस्ने लत्ताकपडा, भाँडाकुँडा र फर्निचरमा आगजनी गरेका थिए । घटनामा प्रहरीको मोटरसाइकल समेत बालबन्दीहरूले जलाएका थिए ।
प्रहरीले आगजनी र तोडफोडमा संलग्न भएको भन्दै करिब एक दर्जनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । प्रमुख जिल्ला अधिकारी जोशीले उनीहरूसँग सोधपुछ जारी रहेको बताए ।
४० जना बन्दीलाई अर्को बाल सुधार गृह नौबस्ता लगिएको छ । स्थिति हाल शान्त रहे पनि प्रहरीले निगरानी बढाएको छ । बाल सुधार गृहमा प्रहरी विना हतियार बस्नु पर्ने नियम रहेको छ । त्यहाँ क्याप्टेनले अनुगमन र व्यवस्थापन गर्दछ ।
गत वर्ष असोज ४ गते पनि सुधार गृहमा झडप हुँदा एक बालबन्दीको मृत्यु भएको थियो । केही दिन अघि मात्रै तीन जना प्रहरी कुटिएका थिए । यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण