बाल सुधार गृहमा झडप : अस्पतालबाट सबै डिस्चार्ज, आगजनी र तोडफोड गर्ने अनुसन्धानमा

बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा शुक्रबार राति भएको झडपमा घाइते भएका सबै जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
घाइते ४९ जना मध्ये ४३ जनालाई शनिबार साँझ नै डिस्चार्ज भइसकेका थिए । बाँकीलाई सामान्य उपचारपछि राति नै अस्पतालले डिस्चार्ज गरेको बाँकेका प्रमुख जिल्ला अधिकारीले धर्मराज जोशीले रातोपाटीलाई बताए ।
२ सय ५५ जनाभन्दा बढी बालबन्दी रहेको सुधार गृहमा दुई समूहबिच झडप हुँदा सुधार गृहभित्र आगजनीसमेत भएको थियो । बालबन्दीहरूले आफू बस्ने लत्ताकपडा, भाँडाकुँडा र फर्निचरमा आगजनी गरेका थिए । घटनामा प्रहरीको मोटरसाइकल समेत बालबन्दीहरूले जलाएका थिए ।
प्रहरीले आगजनी र तोडफोडमा संलग्न भएको भन्दै करिब एक दर्जनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । प्रमुख जिल्ला अधिकारी जोशीले उनीहरूसँग सोधपुछ जारी रहेको बताए ।
४० जना बन्दीलाई अर्को बाल सुधार गृह नौबस्ता लगिएको छ । स्थिति हाल शान्त रहे पनि प्रहरीले निगरानी बढाएको छ । बाल सुधार गृहमा प्रहरी विना हतियार बस्नु पर्ने नियम रहेको छ । त्यहाँ क्याप्टेनले अनुगमन र व्यवस्थापन गर्दछ ।
गत वर्ष असोज ४ गते पनि सुधार गृहमा झडप हुँदा एक बालबन्दीको मृत्यु भएको थियो । केही दिन अघि मात्रै तीन जना प्रहरी कुटिएका थिए । यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै