उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी
आइतबार, ०३ चैत २०८१, १२ : १०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताए ।
उनले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न सरकारले काम गरिरहेको बताए । उनले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताए । उनले उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए ।
मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउने गरी सरकारले आफ्नो कार्यक्रमहरु अघि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त