विराट कोहली भन्छन्, ‘अब म खेलाडीको भूमिकामा सायदै अस्ट्रेलिया जान्छु’

काठमाडौँ । भारतले आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली र कप्तान रोहित शर्माले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने अनुमान गरिएको थियो । तर, यी दुबै खेलाडीले सन्न्यासको घोषणा गरेनन् ।
रोहित शर्माले तत्काल एकदिवसीय टोलीबाट सन्न्यास नलिने बताइसकेका छन् । विराट कोहलीले पनि तत्काल सन्न्यास नलिने अनुमान गरिएको थियो । तर, आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा विराटले छिट्टै सन्न्यास लिन सक्ने संकेत गरेका छन् ।
विराटले केही समयअघि खेलिएको बोर्डर–गावस्कर ट्रफी नै आफ्नो अन्तिम अस्ट्रेलियन भ्रमण हुन सक्ने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब आफूभित्र पहिलेको जस्तो क्षमता बाँकी नरहेको प्रतिक्रिया पनि दिएका छन् ।
‘अब खेलाडीको भूमिकामा म सायदै अस्ट्रेलिया भ्रमणमा जान्छु होला । बोर्डर–गावकस्कर शृङ्खला नै मेरो अन्तिम अस्ट्रेलिया भ्रमण हुन सक्छ । अब मभित्र पहिलाको जस्तो क्रिकेट खेल्ने क्षमता पनि बाँकी छैन,’ विराटले भनेका छन् ।
विराटको यस्तो प्रतिक्रियापछि उनले छिट्टै सक्रिय खेलजीवनबाट सन्न्यास लिने योजना बनाएको अनुमान गरिएको छ । बोर्डर–गावस्कर शृङ्खलामा निराशाजनक प्रदर्शन गरेका विराटले हालै सम्पन्न च्याम्पियन्स ट्रफीमा भने गतिलो प्रदर्शन गरेका थिए ।
विराटले आफूलाई विभिन्न स्थानको भ्रमण गर्न रमाइलो लाग्ने पनि बताएका छन् । ‘मलाई थाहा छैन, सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि म के गर्छु । तर, मलाई विभिन्न स्थानको भ्रमण गर्न निकै रमाइलो लाग्छ,’ उनले भनेका छन् ।
भारतले सन् २०२४ मा सम्पन्न आईसीसी टी–२० विश्वकपको उपाधि जितेलगत्तै विराटले उक्त ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड
-
सन्दीपको शानदार बलिङ, नेपालसामु १ सय ५३ रनको लक्ष्य