त्रिशूली अल्ट्रा रेस चैत २३ मा हुने
काठमाडौँ । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिशूली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको हो ।
आइतबार नुवाकोटको विदुर नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी ३ सय खेलाडीको सहभागिता रहने जानकारी दिए । महिला/पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छैटौँदेखि दसौँसम्म हुनेले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नुवाकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरबार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिढी, चारघरे, रनभुवेश्वरी स्कुल, देबीघाट पुल हुँदै पवित्र तीर्थ स्थल, देबीघाट बजारमा पुगेर समाप्त हुने बताइएको छ ।
इच्छुक खेलाडीले नेपाल एडभेन्चर रनिङ महासंघ सातदोबाटो, नुवाकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युवा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् । प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेश तथा निजी क्षेत्रको सहयोगमा लागत खर्च जुटाउने महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण