हरिवंशले सुरु गरे ‘हरिबहादुरको जुत्ता’को डबिङ
आइतबार, ०३ चैत २०८१, १५ : ४५

काठमाडौँ । दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को डबिङ सुरु भएको छ ।
निर्माण युनिटले आइतबार मुख्य अभिनेता हरिवंश आचार्यबाट फिल्मको डबिङ सुरु गरिएको हो । फिल्मले अनामनगर स्थित सम्राट फिल्म स्टुडियोमा डबिङ सुरु गरेको हो । आइतबार दिनभर आचार्यकै डबिङ हुने निर्माता सरोज ओलीले बताए ।
२०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय छ ।
फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य रहेका छन् । फिल्म सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी