हरिवंशले सुरु गरे ‘हरिबहादुरको जुत्ता’को डबिङ
आइतबार, ०३ चैत २०८१, १५ : ४५
काठमाडौँ । दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को डबिङ सुरु भएको छ ।
निर्माण युनिटले आइतबार मुख्य अभिनेता हरिवंश आचार्यबाट फिल्मको डबिङ सुरु गरिएको हो । फिल्मले अनामनगर स्थित सम्राट फिल्म स्टुडियोमा डबिङ सुरु गरेको हो । आइतबार दिनभर आचार्यकै डबिङ हुने निर्माता सरोज ओलीले बताए ।
२०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय छ ।
फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य रहेका छन् । फिल्म सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण