‘निजीकरण (पहिलो संशोधन) विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधेयकमा सैद्धान्तिक छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत हुँदा बहुमत सांसदहरू स्वीकृतिको पक्षमा देखिएका थिए ।
विधेयकमा बोल्ने प्रतिपक्षी सांसदहरू निजीकरणको विपक्षमा धारणा राखेका थिए । सत्तापक्षका सांसदहरू विधेयकको पक्षमा देखिएका थिए ।
‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ गत माघमा ल्याएको थियो । त्यही अध्यादेशलाई सरकारले १८ माघमा प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
त्यही अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा ल्याइएको हो ।
स्वीकृत भएसँगै विधेयकमा दफावार छलफलका लागि बाटो खुलेको छ । विधेयक स्वीकृत भएसँगै संशोधन प्रस्तावका लागि समय खुला गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण