ललितपुरको पुल्चोक र भैँसेपाटी क्षेत्रमा दुई महिना प्रदर्शन र सभा गर्न निषेध

काठमाडौँ । ललितपुरको पुल्चोक र भैँसेपाटी क्षेत्रमा २ महिनासम्म प्रदर्शन तथा जुलुस गर्न निषेध गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले चैत ४ गतेबाट लागु हुने गरी दुई महिनासम्म पाँच जनाभन्दा धेरै मानिस भेला भएर धर्ना र अनसन लगायतका विरोध कार्यक्रम गर्न निषेध गर्ने आदेश गरेका हुन् ।
पुल्चोक स्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र आसपासको क्षेत्र र भैँसेपाटी स्थित नयाँ मन्त्री निवासको आसपासको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा (३) क बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा सो आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । स्थानीय प्रशासनले सो क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम नगर्न भनेको छ ।
आदेशको उल्लंघन गरेर भौतिक सम्पत्ति नोक्सान भएमा आयोजकबाट नै क्षतिपूर्ति बापतको रकम असुल गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि काठमाडौँका विभिन्न स्थानमा भेला हुन र प्रदर्शन गर्न रोक लगाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण