ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
सोमबार, ०४ चैत २०८१, ०१ : ३५
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी भएका छन् । आइतबार राती भएका खेलमा एथ्लेटिक क्लबले सेभियालाई १-० ले हराउँदा लेगानेसले रियाल बेटिसलाई ३-२ तथा गेटाफेले ओसासुनालाई २-१ ले हरायो ।
एथ्लेटिक क्लबलाई जिताउन येरे अल्भारेजले निर्णायक गोल गरे । यो जितपछि उथ्लेटिक क्लब ५२ अंकका साथ चौथो स्थानमा कायम छ । शीर्ष स्थानको रियाल मड्रिडको ६० अंक छ भने बार्सिलोनाको ५७ अंक छ । यस्तै, ला लिगा अन्तर्गत आइतबार राती भएको अर्को खेलमा रायो भायकानो र रियाल सोडिडाडले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण