ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
सोमबार, ०४ चैत २०८१, ०१ : ३५

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी भएका छन् । आइतबार राती भएका खेलमा एथ्लेटिक क्लबले सेभियालाई १-० ले हराउँदा लेगानेसले रियाल बेटिसलाई ३-२ तथा गेटाफेले ओसासुनालाई २-१ ले हरायो ।
एथ्लेटिक क्लबलाई जिताउन येरे अल्भारेजले निर्णायक गोल गरे । यो जितपछि उथ्लेटिक क्लब ५२ अंकका साथ चौथो स्थानमा कायम छ । शीर्ष स्थानको रियाल मड्रिडको ६० अंक छ भने बार्सिलोनाको ५७ अंक छ । यस्तै, ला लिगा अन्तर्गत आइतबार राती भएको अर्को खेलमा रायो भायकानो र रियाल सोडिडाडले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीले गर्यो जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
-
‘एनआरएनए कन्क्लेभ’ आयोजना हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
-
जग्गा प्राप्ति प्रक्रियामै अल्झियो उजिरसिंह प्रादेशिक रङ्गशाला
-
पन्ध्र पुस्तकालयलाई गण्डकी प्रदेश सरकारको अनुदान
-
अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी
-
६ जना मृत अवस्थामा फेला