‘ट्रम्प विरोधी’ भन्दै ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर
सोमबार, ०४ चैत २०८१, ०५ : ४९
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदान प्राप्त समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ’अतिवादी’ भएको आरोप लगाइएको छ।
ह्वाइट हाउसको एक विज्ञप्तिमा भनिएको छ, ‘यो आदेशले करदाताहरू अब कट्टरपन्थी प्रचारलाई आर्थिक सहयोग गर्न जिम्मेवार छैनन् भन्ने कुरा सुनिश्चित गर्नेछ।" उक्त विज्ञप्तिमा ‘वामपन्थी’, ‘कट्टरपन्थी’ राजनीतिज्ञहरू र दक्षिणपन्थी मिडियाले भ्वाइस अफ अमेरिकाविरुद्ध बोलेको उदाहरणहरू समावेश छन्।
'भ्वाइस अफ अमेरिका' अझै पनि मुख्यतया रेडियो सेवा हो, यो दोस्रो विश्वयुद्धको समयमा नाजी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो।
भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले उनी र उनका लगभग सबै १,३०० कर्मचारीहरूलाई तलबी बिदामा राखिएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण