हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित
काठमाडौँ । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । हालै थिमी नगरपालिकामा आयोजित ‘एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा उनलाई शो सम्मान दिइएको हो ।
प्रथम महिला श्रीमती राधिका शाक्य, आयोजक एपिक नेपालका अध्यक्ष एमन श्रेष्ठ, सांसद महेश बस्नेत लगायतले उनलाई खादा, माला, नगदसहित सम्मान पत्रले सम्मानित गरे ।
म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्धन्द निर्देशक राजेन्द्र खड्गीलगायतका व्यक्तिहरू उपस्थित कार्यक्रम ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो ।
कार्यक्रममा आधुनिक, पप, लोक पप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरी ४० विधामा अवार्ड बाँडिएको थियो । ऋषि धमला र ऋषि थपलियालाई समेत सम्मान गरिएको कार्यक्रममा गीतकार भीष्मराज फुलारा, भुवन केसी, पल शाह, अंशु बर्मा, तारालाल धरेल, प्रवीण आचार्य, रमेश सेन्चुरी, सिर्जना अधिकारी लगायत समेत सम्मानित भएका थिए ।
कार्यक्रममा गायक अमृत खाती, गीतकार सुमन वैरागी, सङ्गीतकार रमेश परियार, मोडल विमल अधिकारी, अस्मिता पुरी निर्देशक मिलन श्रेष्ठलगायतले थुप्रै व्यक्तिहरूले अवार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण