जलश्रोत व्यवस्थापनका लागि सरकार गम्भीर छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताएका छन् ।
सोमबार ललितपुरमा नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह उद्घाटन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनको असरका कारण हिमनदी खुम्चिँदै गएकाले जलश्रोत व्यवस्थापनका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताएका हुन् ।
जलवायु परिवर्तनका कारण जलश्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षामा गम्भीर चुनौती सिर्जना भएको उनको भनाई थियो । मन्त्री खड्काले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै जलश्रोतलाई जोगाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई अघि बढाउनुपर्ने धारणा राखे ।
जलश्रोतसम्बन्धी अध्ययन प्रभावकारी बनाउँदै मौसम परिवर्तनको असर न्यूनीकरण गर्न दीर्घकालीन नीति बनाउनुपर्ने उनले जिकिर गरे । मन्त्री खड्काले जलश्रोत विधेयक छिटै अघि बढ्ने भन्दै यसमा जलश्रोत उपयोग र संरक्षणका लागि आवश्यक नीतिको समेत व्यवस्था गरिएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण