इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेका हुन् ।
दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमिना तामाङको २ चैतमा मृत्यु भएको छ । घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो । गैरकानुनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिए पछि हवाई टिकट रद्द गरिएको थियो ।
अब उनको शव नेपाल पठाउन करिब दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआरएनएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने