बाह्रखरी कर्पोरेट गल्फको प्रमुख प्रायोजक ‘एनसेल फर बिजनेस’
सोमबार, ०४ चैत २०८१, १३ : २२
काठमाडौं । बाह्रखरी कर्पोरेट गल्फको प्रमुख प्रायोजक यो पटक पनि ‘एनसेल फर बिजनेस’ रहने भएको छ ।
बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनबीच सोमबार बिहान एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
एनसेल कर्पोरेट कार्यालयमा भएको हस्ताक्षर समारोहमा बाह्रखरी मिडिया र एनसेलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । एनसेल विगत ६ वर्षदेखि बाह्रखरी मिडियाले आयोजना गर्दै आइरहेको गल्फ प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ रहँदै आएको छ ।
एनसेलको साथपछि बाह्रखरी मिडियाले आयोजना गर्ने उक्त कार्यक्रमको नाम ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ रहने भएको छ ।
कार्यक्रम चैत २३ अर्थात् अप्रिल ५ का दिनमा काठमाडौंको गोकर्णमा हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण