ललितको लगातार ‘फाइफर’, पुलिस अपराजित
सिद्धार्थनगर । पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ललित राजवंशीले शानदार बलिङ प्रदर्शन कायम राख्दा सोमबार नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको छ । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा ९९ रनमात्र जोड्न सक्यो ।
सुदूरपश्चिमलाई सस्तोमा समेट्न ललित राजवंशीले ७ ओभरमा मात्र १६ रन खर्चेर ६ विकेट लिए । प्रतियोगितामा उनको यो लगातार तेस्रो फाइफर हो । यसअघि उनले एपीएफ र मधेस प्रदेश विरुद्ध क्रमशः ६ र ५ विकेट लिएका थिए । उनी प्रतियोगिताको सबैभन्दा धेरै विकेट लिने खेलाडी पनि हुन् ।
सुदूरपश्चिम प्रदेशका लागि शेर मल्लले ३२ रन जोडे । उनले ३७ बलमा ६ चौका हिर्काए । मिलन बोहराले २३ रन तथा टेक रावलले १२ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि सागर ढकालले २ विकेट तथा करन केसीले १ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४७ ओभरमा सबै विकेट गुमाएर १६० रन जोडेको थियो । टोलीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४७ बलमा ५ चौका प्रहार गरे ।
त्यस्तै, आरिफ शेखले ६४ बलमा ४० रन बनाउँदा ५ चौका र १ छक्का हिर्काए । सागर ढकालले २२ रन, दिलीप नाथले १९ रन तथा अमित श्रेष्ठले १८ रन बनाए ।
सुदूरपश्चिम प्रदेशका लागि सौर्य श्रेष्ठले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर ४ विकेट लिए । भोज राज भट्टले ३ विकेट हात पारे भने शेर मल्लले २ रन तथा हेमन्त धामीले १ विकेट लिए ।
प्रतियोगितामा पुलिस क्लब हालसम्म अपराजित रहेको छ । टोलीले ५ मध्ये सबै पाँचै खेल जितेको छ । सुदूरपश्चिमले भने ५ खेलमध्ये एकमा मात्र जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण