लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
काठमाडौँ । लुम्बिनी वाणिज्य क्याम्पस, रुपन्देहीमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ ।
अखिल क्रान्तिकारी, अखिल (समाजवादी), अनेरास्ववियूले लगाएको तालाबन्दीका कारण भोली हुन लागेको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको हो ।
क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्यायले एक सूचना जारी गर्दै भोलीका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण वातावरण नबन्दासम्मका लागि स्थगित भएको जनाएका हुन् ।
फागुन ९ गते प्राध्यापक तथा कर्मचारीहरूको संयुक्त भेला बसेको थियो । उक्त भेलाले उपप्राध्यापक हिरण्य पन्थी निर्वाचन अधिकृत रहेको ११ सदस्यीय स्ववियु निर्वाचन समिति गठन गरेको थियो । उक्त निर्वाचन समितिले फागुन ११ गते निर्वाचन कार्यतालिका प्रकाशित गरेको थियो ।
कार्यतालिका अनुसार फागुन २९ गते दिनको २ बजे प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम उम्मेदवारी नामावली प्रकाशित गरेको थियो । तर, सोही दिनको करिब २ः१५ बजे केही विद्यार्थी संगठनहरुले विज्ञप्तिसहित निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्ने संगठनहरुसँग स्व.वि.यु. निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नका निमित्त विभिन्न चरणमा वार्ता गर्दा समेत निर्वाचनको वातावरण बन्न नसकेको जानकारी निर्वाचन समितिले गराएको थियो ।
तालाबन्दीका कारण चैत ५ गते निर्वाचन गराउन नसकिने जानकारी निर्वाचन अधिकृतले क्याम्पस प्रमुखलाई जानकारी गराएका थिए । सोही अनुसार सहज एवं शान्तिपूर्ण वातावरण नबन्दा सम्मको लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको क्याम्पस प्रमुख उपाध्यायले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण