आरसीबीबाट बसाइ सरेका फाफ डु प्लेसिस दिल्ली क्यापिटल्सको उपकप्तान बने
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी क्लबमध्येको एक दिल्ली क्यापिटल्सले फाफ डु प्लेसिसलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
फाफ डु प्लेसिस दक्षिण अफ्रिकाका प्रभावशाली ब्याट्सम्यान हुन् । केही समयअघि दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तानको जिम्मेवारी दिएको थियो । दिल्ली क्यापिटल्सले फाफ डु प्लेसिसलाई आफ्नो उपकप्तान बनाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएको हो ।
अघिल्लो सिजनको आईपीएलमा फाफ डु प्लेसिसले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को कप्तानको भूमिका निर्वाह गरेका थिए । तर, आगामी सिजनको आईपीएलका लागि भएको मेगा अक्सनअघि नै रोयल च्यालेन्जर्स बेंगलुरुले उनलाई रिलिज गरेको थियो ।
दिल्ली क्यापिटल्सले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसिसले फोनमा कसैसँग कुरा गरिरहेको देखिन्छ । कुराकानीका क्रममा उनी भन्छन्– ‘हो, म दिल्ली क्यापिटल्सको उपकप्तान बोल्दैछु ।’
मेगा अक्सनमा दिल्ली क्यापिटल्सले फाफ डु प्लेसिसलाई दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । ४० वर्षीय फाफ डु प्लेसिस आईपीएलको १८ औँ संस्करणमा सहभागी सबैभन्दा बढी उमेरका खेलाडीमध्ये एक हुन् । तर, उनको खेलमा बढ्दो उमेरको कुनै प्रभाव देखिँदैन । सन् २०२३ को आईपीएलमा उनले ५६ को औसतले कुल सात सय ३० रन बनाएका थिए । सन् २०२४ को आईपीएलमा पनि उनले कुल चार सय ३८ रन बनाएका थिए ।
अघिल्लो सिजनको आईपीएलमा उनी रोयल च्यालेन्जर्स बेंगलुरुका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए । उनले रोयल च्यालेन्जर्स बेंगलुरुका लागि ४२ खेलमा कप्तानी गरेका थिए । त्यसमध्ये २१ खेलमा उनको टोली विजयी भएको थियो । २१ खेलमा बेंगलुरु पराजित भएको थियो ।
आईपीएलको इतिहासमा हालसम्म फाफ डु प्लेसिसले एक सय ४५ खेल खेल्दै कुल चार हजार पाँच सय ७१ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण