प्राधिकरणद्वारा रेस्क्यु हेलिकोप्टरलाई हस्पिटलको हेलिप्याडमा पार्किङ गर्न रोक
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरहरूलाई हस्पिटलमै पार्किङ गर्न रोक लगाएको छ । फेक रेक्युलाई सहयोग हुने आशंका गर्दै प्राधिकरणले यस्तो कदम चालेको हो । शनिबार बेलुकी माउन्टेन एयरको नाइन एनए केबी कल साइन भएको हेलिकप्टरलाई मेडिसिटी हस्पिटलको हेलिप्याडमा पार्किङ गर्न प्राधिकरणले रोक लगाएको थियो ।
तर, सरोकारवाला पक्षले भने हेलिकोप्टरलाई अस्पतालमा अवतरण गर्न नै नदिएको आरोप लगाएको छ । माउन्टेन एयरको उक्त विमानलाई काठमाडौँ आउँदै गर्दा हेलिकोप्टरलाई विमानस्थलमा अवतरण गर्न मिल्ने तर त्यसबाहेक अन्यत्र अवतरण गर्न नमिल्ने भन्दै अवतरणमा अवरोध सम्बद्ध पक्षको आरोप छ । बिरामीको अवस्था धेरै बिग्रिएपछि उक्त हेलिकोप्टरका पाइलटले डाइरेक्ट टु मेडिसिटी भन्दै अनुमति मागेका थिए ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले रेस्क्यु फ्लाइटलाई हस्पिटलमा अवतरण अनुमति दिएको तर पार्किङ गरेर राख्दा सुरक्षाको जोखिम समेत हुने भएकोले पार्किङ गरेर राख्न अनुमति नदिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण