आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

प्राधिकरणद्वारा रेस्क्यु हेलिकोप्टरलाई हस्पिटलको हेलिप्याडमा पार्किङ गर्न रोक

सोमबार, ०४ चैत २०८१, १५ : ३६
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरहरूलाई हस्पिटलमै पार्किङ गर्न रोक लगाएको छ । फेक रेक्युलाई सहयोग हुने आशंका गर्दै प्राधिकरणले यस्तो कदम चालेको हो । शनिबार बेलुकी माउन्टेन एयरको नाइन एनए केबी कल साइन भएको हेलिकप्टरलाई मेडिसिटी हस्पिटलको हेलिप्याडमा पार्किङ गर्न प्राधिकरणले रोक लगाएको थियो । 

तर, सरोकारवाला पक्षले भने हेलिकोप्टरलाई अस्पतालमा अवतरण गर्न नै नदिएको आरोप लगाएको छ । माउन्टेन एयरको उक्त विमानलाई काठमाडौँ आउँदै गर्दा हेलिकोप्टरलाई विमानस्थलमा अवतरण गर्न मिल्ने तर त्यसबाहेक अन्यत्र अवतरण गर्न नमिल्ने भन्दै अवतरणमा अवरोध सम्बद्ध पक्षको आरोप छ । बिरामीको अवस्था धेरै बिग्रिएपछि उक्त हेलिकोप्टरका पाइलटले डाइरेक्ट टु मेडिसिटी भन्दै अनुमति मागेका थिए । 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले रेस्क्यु फ्लाइटलाई हस्पिटलमा अवतरण अनुमति दिएको तर पार्किङ गरेर राख्दा सुरक्षाको जोखिम समेत हुने भएकोले पार्किङ गरेर राख्न अनुमति नदिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप