हंगेरीको ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा छानियो ‘द्रौपदी’
सोमबार, ०४ चैत २०८१, १८ : ०८
काठमाडौंँ । हंगेरीमा आगामी २३-२७ अप्रिलसम्म आयोजना हुने ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा नेपालको ‘द्रौपदी’ छनोट भएको छ । यसबारे निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका हुन् ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म कर्णालीका विभिन्न स्थानमा छायांकन भएको छ । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।
फिल्ममा कथा, पटकथा, संवाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । फिल्मको निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफ डी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण