राष्ट्रिय सम्मेलन तयारीका लागि वाईसीएलद्वारा ६० लाख बजेट अनुमोदन
काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को आगामी जेठ तेस्रो साता काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनका लागि ६० बजेट अनुमोदन गरेको छ । फागुन २१ र २२ गते बसेको कार्यालय बैठकले बजेट अनुमोदन गरेको हो ।
यस्तै सम्मेलनको प्रतिनिधि शुल्क २ हजार तोकेको छ । बैठकमा कोषाध्यक्ष सन्तोष पनेरुले आर्थिक प्रतिवेदन पेस गरेका थिए । जसअनुसार जम्मा आय रु १२ लाख १० हजार र ब्याज रु १३ लाख ३९ हजार र ऋण एक लाख २९ हजार रहेको छ ।
प्रदेश समितिका बैठकहरूमा केन्द्रीय समिति सदस्यहरूको हाल सम्मको नउठेको लेबी संकलन गरिनेछ । जस अनुसार बागमती प्रदेश, विशेष प्रदेश र केन्द्रीय कार्यालय अन्तर्गतका आयोग सदस्य, केन्द्रीय सदस्य एवं केन्द्रीय पदाधिकारी प्रत्येकले मासिक लेबी रु. १००।– का दरले ३० महिनाको हुन आउने जम्मा रु. ३,०००।– र बाँकी अन्य प्रदेशका आयोग सदस्य, केन्द्रीय सदस्य एवं पदाधिकारी प्रत्येकले सोहीका दरले २४ महिनाको जम्मा रु. २,४००.–प्रदेश समितिको बैठकमा आउँदा अनिवार्य बुझाउनु पर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण