शिक्षकहरुका लागि निवृत्तिभरण कोष वैशाखबाट मात्र लागू हुने
काठमाडौँ । शिक्षकहरुका लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट मात्र लागू हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ–
‘शिक्षकहरुको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट मात्र लागू हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले आज प्रतिनिधिसभामा शंशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ मा विधेयकको दफा १२ मा रहेको निवृत्तभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको (क)(१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तभरण कोष ऐन, २०७५ मिति २०७५/१२/४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु’ भनिएको छ । अब निवृत्तिभरण कोष ऐेन, २०७५ को दफा ९ (क) (१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था २०८२ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण