शिक्षकहरुका लागि निवृत्तिभरण कोष वैशाखबाट मात्र लागू हुने

काठमाडौँ । शिक्षकहरुका लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट मात्र लागू हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ–
‘शिक्षकहरुको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट मात्र लागू हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले आज प्रतिनिधिसभामा शंशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ मा विधेयकको दफा १२ मा रहेको निवृत्तभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको (क)(१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तभरण कोष ऐन, २०७५ मिति २०७५/१२/४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु’ भनिएको छ । अब निवृत्तिभरण कोष ऐेन, २०७५ को दफा ९ (क) (१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था २०८२ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग