त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार पद्मा भुसाल कालोपट्टि बाँधेर धर्नामा बसेकी छन् । स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकी भुसाल आँखामा कालोपट्टि बाँधेर प्रिन्सिपल कार्यालय अगाडि धर्नामा बसेकी हुन् ।
आजका लागि तय भएको निर्वाचन केन्द्रीय क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको छ । तर, कार्यतालिका बमोजिम प्रक्रिया अघि नबढेका कारण निर्वाचनको सुनिश्चितता माग गर्दै आफू धर्नामा बसेको उनको भनाइ छ ।
त्रिविमा तालाबन्दी हुँदा पनि प्रशासन निरीह बनेको, निर्वाचन समितिलाई स्वार्थ अनुसार प्रयोग गरिएको उनको आरोप छ । यसअघिको स्ववियु निर्वाचनमा भुसाल नेविसंघकबाटै कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । टिकट नपाएपछि उनले यो पटक स्वतन्त्र रूपमा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
नेविसंघको आन्तरिक विवादका कारण प्रिन्सिपल कार्यालयको स्ववियु निर्वाचन प्रभावित भएको हो । निर्वाचन समितिले दीपकराज जोशीको उम्मेदवारी सदर गर्दै अनोज कार्कीको उम्मेदवारी खारेज गरेको थियो । उनको समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण