मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
मङ्गलबार, ०५ चैत २०८१, १८ : ४९
मोरङ । केराबारीको खदम क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उमेद्वार संगम कन्दङ्वा विजयी भएका हुन् ।
कन्दङ्वाले ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सीमान्त लुइँटेलले २८ मत पाए । त्यसै गरी कोषाध्यक्षमा पनि अनेरास्ववियुका सन्देश भण्डारी विजयी भएका छन् । भण्डारीले ५८ मत प्राप्त गर्दा गठबन्धनका फेमस बराइलीले २९ मत पाए । खदम क्याम्पसमा ११ सदस्यीय समितिका लागि ९ जना निर्विरोध निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण