मिक्लाजुङ क्याम्पसमा संयुक्त प्यानलबाट क्रान्तिकारीका सुजन घिमिरे सभापतिमा निर्वाचित
मोरङ । मोरङको मिक्लाजुङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ। निर्वाचनमा अखिल क्रान्तिकारीका सुजन घिमिरे सभापतिमा निर्वाचित भएका छन्।
घिमिरेले ७१ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका उम्मेदवार हेलिन आचार्यलाई पराजित गरे। आचार्यले ६० मत प्राप्त गरे।
त्यस्तै, सचिव पदमा राम थापा, कोषाध्यक्षमा विवीका आचार्य निर्वाचित भएका छन्। सदस्य पदमा गुरु काफ्ले, अम्बिका राउत, र राजन राई विजयी भएका छन्।
मोरङको मिक्लाजुङ क्याम्पसमा यसपटक अखिल क्रान्तिकारी र अनेरास्ववियुले गठबन्धन गर्दै संयुक्त प्यानल बनाएका थिए। यो गठबन्धनले निर्वाचनमा प्रभावशाली मतान्तरसहित सफलता हासिल गरेको हो।
निर्वाचनको नतिजापछि विजयी उम्मेदवारहरूले विद्यार्थीका समस्या समाधान गर्न प्रतिबद्ध रहने बताएका छन्। उनीहरूले क्याम्पस सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, छात्रवृत्ति व्यवस्थापन, र विद्यार्थी कल्याणका विभिन्न कार्यक्रमहरूलाई प्राथमिकता दिने बताए।
यसैबीच, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ। निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
मिक्लाजुङ क्याम्पसमा भएको यस निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा भरेको छ। नव(निर्वाचित नेतृत्वले आगामी दिनमा विद्यार्थीका हितमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण