मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रेग्मी निर्वाचित
मकवानपुर । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् ।
मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका रेग्मी ७०६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन् ।
सचिवमा नेविसंघका उत्सव ढुंगानाले ७११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्कीले ५४४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेलले ७०४ मत प्राप्त गर्दा क्रान्तिकारीका अमन रायले ५४४ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरूमा मनोज घलान (७८९), उमेश चौधरी (७२५), दिवस चापागाईँ (७३४), साजिर अन्सारी (६७३), कृष्ण थिङ्ग (६३८), मन्दिप थापा (६३३), विवश अर्याल (६१६) र अतित अधिकारी (६२०) निर्वाचित भएका छन् ।
क्याम्पसमा अनेरास्ववियु र नेविसंघले संयुक्त रूपमा चुनाव लडेका थिए भने अखिल क्रान्तिकारी, अनेरास्ववियू र राजावादी विद्यार्थी संघठनहरुले छुट्टै प्यानल बनाएर चुनाव लडेका थिए । निर्वाचनमा एक हजार २८१ जना विद्यार्थीले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण