सुनिता र बुचको सफल पुनरागमनबारे के भन्छन् एलन मस्क ?
वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि धर्तीमा फर्किएका छन् । ८ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा गएका यी दुईले झन्डै साढे नौ महिनामा धर्तीमा टेके ।
पटक पटक उनीहरूलाई फर्काउने योजना सरेपछि अन्ततः एम्लन मस्कको स्पेसएक्स र अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी (नासा) ले मिलेर दुबैलाई फर्काउने अभियान चलाएका थिए ।
सुनिता र बुच सफलतापूर्वक धर्तीमा अवतरण गरेपछि मस्कले स्पेशएक्स र नासाको टोलीलाई बधाई दिएका छन् । ‘अर्को पटक पनि सुरक्षित रूपमा अन्तरिक्ष यात्री फिर्ता ल्याउन सफल भएकोमा स्पेसएक्स र नासा टोलीहरूलाई बधाई छ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म स्पेसएक्समा लेखे ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि धन्यवाद दिए । सुनिता विलियम्स र बुच विल्मोर २०२४ को जुन ५ मा बोइङको स्टारलाइनर यानमार्फत आईएसएसमा गएका थिए । बोइङको यो अन्तरिक्ष यान मान्छे बोकेर पहिलो पटक अन्तरिक्षमा गएको थियो ।
त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो । तर अन्तरिक्षयानमा स्टारलाइनरबाट हिलियम चुहिएको अनि पाँच वटा थ्रयटरमा समस्या भएपछि उनीहरूको फिर्ती रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण