त्रिवि केन्द्रीय क्याम्पसको ताला खुल्यो, चैत ८ गते स्ववियु निर्वाचन गराउन नेविसंघ सहमत
काठमाडौँ । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोलेको छ ।
प्रिन्सिपल कार्यालय र स्ववियु निर्वाचन समितिसँग भएको सहमतिपछि नेविसंघको असन्तुष्ट पक्षले ताला खोलेको हो । ताला खोलिएसँगै चैत ८ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको सुनिश्चितता भएको छ ।
यसअघि दुई पक्षबिच त्रिवि प्रिन्सिपल कार्यालय र निर्वाचन समितिले आत्मालोचना गर्दै विज्ञप्ति जारी गर्ने निर्णय भएको थियो । प्रिन्सिपल प्राडा अक्कलदेव मिश्र, निर्वाचन समिति संयोजक प्राडा कृष्ण प्रसाद न्यौपाने, नेविसंघ त्रिवि समिति अध्यक्ष विष्णु बडैला, लगायतकाबीचमा भएको सहमतिपछि ताला खोलिएको हो ।
निर्वाचन समितिको तर्फबाट आत्मालोचना सहितको विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको थियो । त्यस्तै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा आचारसंहिताको पूर्ण पालना गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको थियो । सोही अनुसार निर्वाचन समितिले आत्मालोचनासहितको विज्ञप्ति समेत जारी गरेको छ । त्यसपछि नेविसंघको असन्तुष्ट पक्षले त्रिवि केन्द्रीय क्याम्पसमा ताला लगाएको थियो । आफ्नो तर्फबाट सिफारिस गरिएका उम्मेदवार अनोज कार्कीको उम्मेदवारी खारेज गरेको भन्दै ताला लगाएको थियो । त्यसपछि नेविसंघ केन्द्रीय अध्यक्षको पत्रअनुसार नेविसंघको दीपकराज जोशीको उम्मेदवारी सदर गरेको थियो ।
तोकिएको मिति चैत ५ गते निर्वाचन गराउन सकिने अवस्था नरहेको भन्दै निर्वाचन समितिले चैत ८ गतेका लागि निर्वाचन मिति सारेको थियो । तर नेविसंघको असन्तुष्ट पक्षको तालाबन्दी यथावत् रहँदा निर्वाचनको सुनिश्चितता हुन सकेको थिएन ।
असन्तुष्ट पक्षसँग भएको सहमतिपछि ताला खोलिएको र निर्वाचनको सुनिश्चितता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण