ट्रम्प–पुटिनको फोनवार्तापछि रुस र युक्रेनले गर्न थाले एक अर्कामाथि आक्रमण
मस्को । रुस र युक्रेनले एक अर्कामाथि आक्रमण सुरु गरेका छन् । युक्रेनको ऊर्जा क्षेत्रलाई लक्षित गरेर हवाई आक्रमण गर्दिन भनेर पुटिनले ट्रम्पलाई भनेको केही घन्टापछि दुवै पक्षले एक अर्काका पूर्वाधार संरचनालाई लक्षित गर्दै आक्रमण थालेका हुन् ।
रुसले अस्पतालहरूलाई निशाना बनाइरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । ट्रम्पसँगको वार्तामा पुटिनले ३० दिने विस्तृत युद्धविराममा हस्ताक्षर गर्न मानेनन् ।
युक्रेनलाई दिँदै आएको सैन्य सहायता र गुप्तचर जानकारी दिन बन्द गरे मात्रै हस्ताक्षर गर्छु भनेर पुटिनले ट्रम्पलाई भनेका थिए । युक्रेनको हानेको ड्रोनले एउटा तेल डिपोमा थोरै आगलागी भएको दक्षिण रुसी क्षेत्र कस्र्नोदारका अधिकारीहरूले बताएका थिए ।
ट्रम्पसँग पुटिनले ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदिन भनेको केही घन्टामै अस्पताल समेत नागरिक पूर्वाधार संरचनामा आक्रमण भएको जेलेन्स्कीले भनेको थिए । ‘आज ट्रम्पले कुशल तरिकाले पूर्ण युद्धविरामको प्रस्ताव अस्वीकार गरे,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण