ट्रम्प–पुटिनको फोनवार्तापछि रुस र युक्रेनले गर्न थाले एक अर्कामाथि आक्रमण

मस्को । रुस र युक्रेनले एक अर्कामाथि आक्रमण सुरु गरेका छन् । युक्रेनको ऊर्जा क्षेत्रलाई लक्षित गरेर हवाई आक्रमण गर्दिन भनेर पुटिनले ट्रम्पलाई भनेको केही घन्टापछि दुवै पक्षले एक अर्काका पूर्वाधार संरचनालाई लक्षित गर्दै आक्रमण थालेका हुन् ।
रुसले अस्पतालहरूलाई निशाना बनाइरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । ट्रम्पसँगको वार्तामा पुटिनले ३० दिने विस्तृत युद्धविराममा हस्ताक्षर गर्न मानेनन् ।
युक्रेनलाई दिँदै आएको सैन्य सहायता र गुप्तचर जानकारी दिन बन्द गरे मात्रै हस्ताक्षर गर्छु भनेर पुटिनले ट्रम्पलाई भनेका थिए । युक्रेनको हानेको ड्रोनले एउटा तेल डिपोमा थोरै आगलागी भएको दक्षिण रुसी क्षेत्र कस्र्नोदारका अधिकारीहरूले बताएका थिए ।
ट्रम्पसँग पुटिनले ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदिन भनेको केही घन्टामै अस्पताल समेत नागरिक पूर्वाधार संरचनामा आक्रमण भएको जेलेन्स्कीले भनेको थिए । ‘आज ट्रम्पले कुशल तरिकाले पूर्ण युद्धविरामको प्रस्ताव अस्वीकार गरे,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु