बिहेको तयारीमा तेजस्वी प्रकाश र करण कुन्द्रा
नयाँ दिल्ली । ‘नागिन’ फेम अभिनेत्री तेजस्वी प्रकाशले २०२१ मा करण कुन्द्रालाई भेटेकी थिइन् । चार वर्षसम्म एकअर्कालाई डेट गरेपछि अब उनीहरू विवाहको तयारीमा जुटेको समाचारमा जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले तेजस्वीकी आमाले बिहीबारे खुलाएको उल्लेख गरेका छन् ।
हालै तेजस्वी फराह खानको शो सेलिब्रेटी मास्टरशेफमा प्रतियोगीको रूपमा सामेल भएकी थिइन् । यस कार्यक्रमको एउटा क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा फराह खानले अभिनेत्रीको विवाहको बारेमा प्रश्न सोधेकी छिन् ।
यसको जवाफमा, त्यही कार्यक्रममा उपस्थित उनकी आमाले छोरीको बिहे २०२५ मा विवाह हुने बताएकी थिइन् । यो सुनेर दर्शकहरू सबैले ताली बजाए । यतिबेला अभिनेत्री अलि लजाएको जस्तो देखिएकी थिइन् । फराह खानले पनि करण कुन्द्राको नाम लिएर तेजस्वीको मजाक उडाएकी थिइन् । तर यसमा अभिनेत्रीले हाँस्दै कुनै प्रतिक्रिया दिइनन् ।
केही दिन अघि मात्रै तेजस्वी प्रकाशले करण कुन्द्रासँगको आफ्नो सम्भावित विवाहबारे कुरा गरेकी थिइन् । आफूले बिना कुनै झन्झट कोर्ट म्यारिज गर्न चाहेको उनले बताएकी थिइन् ।
सामान्य कोर्ट म्यारिज गरेर खुबै घुम्ने र ऐश गर्ने कुरा उनले गरेकी थिइन् । तेजस्वी प्रकाश र करण कुन्द्राको पहिलो भेट बिग बोस १५ मा भएको थियो । यही शोमा दुई जना बीचको निकटता बढ्यो । त्यसबेलादेखि उनीहरूले एकअर्कालाई डेट गरिरहेका छन् । यी दुवै टिभीका चर्चित कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण