कांग्रेस सांसद शर्माले दर्ता गरे सार्वजनिक महत्त्वको प्रस्ताव
काठमाडौँ । प्रतिनिधिसभामा स्वास्थ्य बिमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा.सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।
सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बिमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।
यो प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बिमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।
राष्ट्रिय स्वास्थ्य बिमा योजना स्थापना गर्नुपर्ने, कम आम्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बिमा प्रिमियममा सहुलियत प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बिमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जबाफदेही बनाउनुपर्ने, स्वास्थ्य बिमाबारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।
यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढङ्गले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वास्थ्य जनसङ्ख्या निर्माण हुने अपेक्षा सांसद शर्माको छ ।’ आम नागरिकलाई सर्वसुलभ, सहज स्वास्थ्य उपचार पुर्याउन सार्वजनिक, निजी साझेदारीको प्रणालीलाई मजबुत गर्दै राज्य निर्देशित, एकरुपात्मक स्वास्थ्य उपचार सेवालाई बढवा दिई गुणस्तरीय, चुस्त सेवाको नमुना विकास हुने,’ उनले उल्लेख गरेका छन् ।
यो प्रस्तावमाथि संसद्मा छलफल चलाउन पनि सांसद शर्माले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण