६० वर्षीय वृद्धले गरे बिहे, घर आएलगत्तै किन खाए विष ?
पटना । भारतको बिहार राज्यको मुंगेर जिल्लामा एउटा अनौठो घटना भएको छ । धरहरा थाना क्षेत्र अन्तर्गत दशरथपुर निवासी ६० वर्षीय मुसहरु यादवले बेहुली लिएर घर आए लगत्तै विष खाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यादवले गाउँकै एक महिलासँग १५ मार्चमा विवाह गरेका थिए । विवाहपछि बेपत्ता भएका उनी १७ मार्चका दिन बेहुली लिएर घर फर्किएका थिए ।
घर पुग्नासाथ छोरा सुरजसँग उनको विवाद भयो । बुढेसकालमा विवाह गरेर आफूहरूलाई लज्जित बनाएको भन्दै सुरज आफ्ना पितासँग रिसाए । उनले पिता मुसहरु र नवविवाहित महिलालाई घरमा पस्नसमेत दिएनन् । विवाद बढेपछि नवविवाहित महिला त्यहाँबाट आफ्नै घरमा फर्किन् ।
आफ्नै घरभित्र पस्न नपाएको र आफूले बिहे गरेर ल्याएकी पत्नीलाई छोराले अस्वीकार गरेको रिसमा मुसहरुले विष खाए । पिताले विष खाएको थाहा पाएलगत्तै छोराले उपचारका लागि स्थानीय अस्पतालमा लगे । त्यहाँबाट पनि उनलाई मुंगेरस्थित सुविधासम्पन्न अस्पतालमा पठाएर उपचार गरिएको छ ।
मुसहरु यादवका अनुसार उनले गाउँकै एक श्रमिक महिलासँग विवाह गरेका हुन् । आफ्नो पहिलो पत्नीको १५ वर्ष अघि नै निधन भइसकेका कारण दोस्रो विवाह गरेको उनको भनाइ छ । नवविवाहित पत्नीका पनि एक छोरा र एक छोरी रहेको उनले बताए ।
धरहरा थाना प्रमुखले भने विवाहका कारण पिता र पुत्रबिच विवाद भएको र विवादकै क्रममा पिताले विष खाएको सूचना पाए पनि यसबारे कुनै प्रकारको उजुरी नआएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण