ओली सरकार बनेपछि परराष्ट्र सम्बन्ध भताभुङ्ग भयो : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बनेपछि नेपालको परराष्ट्र सम्बन्ध भताभुङ्ग भएको आरोप लगाएका छन् ।
बाराको रानीवास बजारमा बिहीबार आयोजित सर्वपक्षीय अन्तरक्रियामा उनले ओली सरकार बनेपछि परराष्ट्र सम्बन्ध बिग्रिएको आरोप लगाएका हुन् । वर्तमान गठबन्धन सरकारका कारण जनतामा निराशा देखिएको भन्दै प्रचण्डले यसैलाई देखाएर प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू सबै दल र पार्टी उस्तैउस्तै हुन् भन्ने भाष्य बनाएकोमा असन्तुष्टी पोखे ।
‘म प्रधानमन्त्री हुँदा भारतसँग कति राम्रो सहमति भएका थिए । भारतसँग कतिवटा सहमति भएका थिए ? चीन, राष्ट्रसंघदेखि अन्य देशसँग यति राम्रो सम्बन्ध भएकोमा अहिले ओली आउँदा लथालिंग भताभुङ्ग भएको छ’, उनले भने, के अब सबै सरकार उस्तै हो ? तपाईँहरू जस्ता जनप्रतिनिधिहरूले उस्तैउस्तै हो भनिदिनुभयो भने जनता भ्रमित हुन्छन् । यी सबै उस्तै हो भन्ने भाष्य ठिक छैन भन्ने मेरो तपाईँसँग अनुरोध छ ।’
केही प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूले जानीबुझी सबै नेताहरू उस्तै हुन् भनेर नेता र पार्टीप्रति घृणा फैलाएर फेरि सामन्ती निरङ्कुश फर्काउने दुष्साहस भएको उनको भनाइ छ । आफू नेतृत्वको पछिल्लो सरकारले १८ महिना सरकार चलाउँदा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको भएपनि अहिलेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेर राखेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण