लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जित हासिल गरेको छ । कर्णाली प्रदेशले बिहीबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्द्वी लुम्बिनी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको हो ।
जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले सातौँ र कर्णाली प्रदेशले छैटौँ खेल खेलेका हुन् । लुम्बिनी प्रदेशको यो तेस्रो हार हो । चार खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । कर्णाली प्रदेशको यो तेस्रो जित हो । तीन खेलमा कर्णाली प्रदेश पराजित भएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जिती ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ४८.५ ओभरमा अलआउट हुनुअघि दुई सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले ४९.४ ओभरमा अलआउट हुनुअघि दुई सय रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । माथिल्लो क्रमका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै सस्तैमा पेभेलियन फर्किएपछि अर्जुन घर्तीले टोलीको खातामा ५६ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले ८४ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । आठौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्र रावतले पनि टोलीका लागि अर्धशतकीय पाली खेले ।
दीपेन्द्र रावतले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६६ रन बनाए । उनले पनि ८४ बलकै सामना गरी नौवटा चौका हिर्काए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कर्णाली प्रदेशले टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै चार विकेट गुमाइसकेको थियो ।
ओपनर रविन्द्र शाही नौ र सुनिल धमला १९ रन बनाउँदै पेभेलियन फर्किएका थिए । निश्चल रावल पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान विपिन रावल पनि १० रन बनाउँदै आउट भए । हिक्मत शाहीले त खातासम्म खोल्न सकेनन् । प्रकाश जैसी पनि शून्य रनमै पेभेलियन फर्किए । दिनेश अधिकारीले टोलीको खातामा १६ रन थपे । कप्तान दिवान पुनले दुई र मोहन विकले अविजित ६ रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि १० रन पायो ।
लुम्बिनी प्रदेशका बलर रमेश कुर्मीले तीन विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले पनि दुई–दुई विकेट हात पारे । देव खनालले पनि एक विकेट कुम्ल्याए । जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान प्रज्ज्वल थापाले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका प्रज्ज्वलले ८४ रन बनाए ।
लामो समय क्रिजमा सँघर्ष गरेका प्रज्ज्वलले एक सय सात बलमा ६ चौका हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देव खनालले पनि टोलीका लागि ४० रनको योगदान गरे । उनले ६० बलमा चार चौका प्रहार गरे ।
आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन जोडे । लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा १९ रन पायो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारी र दीपेन्द्र रावतले तीन–तीन विकेट लिए । प्रकाश जैसीले पनि दुई विकेट हात पारे । दिवान पुन र सुनिल धमलाले एक–एक विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण