प्रचण्डको टिप्पणी– विद्यार्थीको निर्वाचनको रुझानले बढो राम्रो सङ्केत दियो
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लै निर्वाचन लड्न सक्षम भएको प्रमाणित भएको बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति बाराद्वारा आयोजित तराई –मधेस जागरण सभालाई बिहीबार सम्बोधन गर्दै उनले कांग्रेस र एमालेसँग तालमेल गर्दा माओवादीलाई घाटा भएको जिकिर गरे ।
‘कहिले कांग्रेससँग त कहिले एमालेसँग समीकरण गर्दाको फाइदा एमाले कांग्रेसलाई र घाटा माओवादीलाई भएको प्रमाणित भएको छ । अहिले स्ववियु निर्वाचनमा आउँदा समेत नेविसंघ र अनेरास्ववियुको समीकरण अखिल क्रान्तिकारीले तोडेका छन् । तिसौँ वर्षदेखिको रेकर्ड तोडिएको छ । अब यी सबै युवा विद्यार्थीहरू अग्रगमनका पक्षमा छन्, प्रतिगमनको पक्षमा छैनन्’, उनले भने ।
विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्ने युवा विद्यार्थीहरूको रुझान र उनीहरूको चेतना कतातिर जाँदैछ भन्ने कुराको राम्रो सङ्केत दिएको प्रचण्डले बताए ।
‘योपटक साँच्चै नै नयाँ इतिहासको रचना भएको छ । हिजो माओवादी केन्द्र अरूको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य बनाएका थिए एमाले र कांग्रेसले । तर हामीले गएको उपचुनावमा के साबित गर्यौं भने कसैको वैशाखी टेकेर होइन हामी आफ्नै खुट्टामा उभिएर परिणामलाई आफ्नो पक्षमा पार्न सक्षम छौँ भन्ने साबित गरेका थियौँ’, उनले भने, ‘कांग्रेस र एमाले मिलेर चुनाल लडेर मात्र होइन चुनाव चिन्ह साटासाट गरेर एकै ठाउँमा उभिँदा पनि माओवादी केन्द्र अत्ध्याधिक मतले विजयी भएको सावित गरेका छौँ ।’
चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा योपटक कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुको हाराहारीमा अखिल क्रान्तिकारीले विजयी भएको दाबी गरेको छ । नेविसंघ र अनेरास्ववियुको गढ मानिएको केही क्याम्पसमा विरासत भत्काउँदै क्रान्तिकारीले एक्लै निर्वाचन जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण