अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै पैसा माग्ने पोखरा महानगरका एक कर्मचारी पक्राउ
बिहीबार, ०७ चैत २०८१, २० : ३०

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी मिलाइदिन्छु भनी पैसा माग्ने पोखरा महानगरका एक कर्मचारी पक्राउ परेका छन् ।
महानगरमा अख्तियारको उजुरी फर्छ्यौट गर्ने संयोजन समितिका संयोजक तथा प्रशासन अधिकृत कपिल गिरीलाई पक्राउ गरिएको आयोगको कार्यालय पोखराले जानकारी दिएको छ ।
आयोगका अध्यक्ष आसमान तामाङका अनुसार गिरीले सेवाग्राहीलाई तपाईँविरुद्ध अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भनी २५ हजार रुपैयाँ लिएका थिए ।
गिरीले कृत्रिम उजुरी तयार गरि १ लाख रुपैयाँको बार्गेनिङ गरेको सूचनाको आधारमा गिरीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याइएको र थप अनुसन्धान भैरहेको जानकारी अध्यक्ष तामाङले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री