चन्द्रागिरिको बलम्बुमा भेटियो नवजात शिशुको शव
बिहीबार, ०७ चैत २०८१, २० : ५९

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा नवजात शिशुको शव भेटिएको छ ।
बलम्बु खोलामा शिशुको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
सालनाला सहितको शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
भर्खर जन्मेको छोरी मान्छेको शव कसले खोला किनारमा फाले भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिलोमा लतपतिलएको अवस्थामा शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर
-
प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने
-
‘ट्रक’ को ठक्करबाट एक युवकको मृत्यु
-
गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल बन्दै
-
नेताहरूको गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउनु हुँदैन: श्रेष्ठ
-
आईपीएलको बारेमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै, बिहीबारदेखि सुरु हुनसक्ने