बेलायती प्रधानमन्त्रीले भने-युक्रेन सम्झौताको बचाउ नगरे पुटिनले बर्वाद पार्छन्
काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टारर्मरले युक्रेन सम्झौताको बचाउ नगरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्वाद पार्ने बताएका छन् । लण्डनमा वरिष्ठ सैन्य नेताहरुसँगको बैठकमा सहभागी भइसकेपछि उनले युक्रेनसँगको शान्ति सम्झौताको बचाउ नगरिए पुटिनले यसको गम्भीर उल्लंघन गर्ने बताएका हुन् ।
सुरक्षा व्यवस्था मजबुद भएपछि मात्रै युक्रेन र रुसबीचको लडाइ रोक्ने सम्झौता स्थायी हुने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । लण्डनको नर्थवुड स्थायी मुख्यालयमा बोल्दै गर्दा २० बढी देशका वरिष्ठ सैन्य अधिकारीहरु सहभागी थिए ।
उनीहरु सबैले शान्ति सम्झौताको हिस्साका रुपमा मुलुकको सुरक्षा ग्यारेन्टी अमुक विषय भएकामा जोड दिए । बेलायती प्रधानमन्त्री स्टार्मरले भने, ‘सुरक्षा व्यवस्थाले रुसलाई स्पष्ट पार्ने छ, ता कि उक्त ग्यारेन्टीपछि कुनै पनि सम्झौताको उल्लंघन गर्नू उसका लागि घातक सिद्ध हुने छ । अर्थात् त्यसवापत गम्भीर परिणाम भोग्नु पर्ने छ ।’
यो बैठकले सैन्य नेतृत्वहरु सम्भावित तैनाथीको विस्तृत योजना बनाउने कार्यमा सामेल हुने निष्कर्ष निकालेको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण