जर्मनीले दमास्कसमा पुनः दूतावास खोल्यो
काठमाडौँ । जर्मनीले दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै १३ वर्षयता बन्द रहेको दूतावास पुनः खोलिएको हो । डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो भ्रमणमा कूटनीतिक मिसन खोलिएको थियो ।
जर्मन मिडियाले बेरबकलाई उद्धृत गर्दै पुनः खोलिएको दुतावासमा थोरै संख्यामा कुटनीतिज्ञहरु रहने बताएको छ । आफ्नो भ्रमणको क्रममा बेरबकले सिरियाली नेता अहमद अल–शारा, विदेश मामिला प्रमुख असद अल–शैबानी र सिरियाली नागरिक समाजका प्रतिनिधिहरूसँग उच्चस्तरीय बैठकहरू गरे ।
बेरबकले देशको गृहयुद्धको मार खेप्ने जिल्ला दमास्कसको अत्यधिक क्षतिग्रस्त जोबार छिमेकको पनि भ्रमण गरेका थिए । २०१२ मा देशको गृहयुद्ध सुरु भएपछि जर्मनीले दमास्कसमा आफ्नो दूतावास बन्द गरेको थियो । इटाली र स्पेन जस्ता धेरै अन्य युरोपेली देशहरूले सिरियाली राजधानीमा आफ्नो दूतावासहरू पुनः खोलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण