०८४ सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए ।
उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।
२०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहने उनले जिकिर गरे । आफू २०८४ सम्म जनताकै साथमा रहने उनको भनाइ छ ।
सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने उनले बताए । सरकारमा हुँदा आफूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको उनले बताए ।
आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको र आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट
-
कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि
-
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट थाल्यो काम
-
आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन
-
करिब ८६ प्रतिशत निर्माण पूरा हुँदा यस्तो देखियो सिंहदरबारमा निर्माणाधीन संसद् भवन (तस्बिरहरू)
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना