मणिपाल अस्पतालका डाक्टर, नर्स र विद्यार्थीलाई तीनहप्ता ‘रिफ्रेस’
कास्की । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले त्यहाँ अध्ययनरत करिब आठ सय विद्यार्थीसहित डाक्टर तथा नर्सलाई ‘रिफ्रेस’ गराउन एक कार्यक्रम राखेको छ । जसअनुसार शुक्रवारदेखि तीन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गरिएको छ।
कार्यक्रम आयोजनाका लागि गठित समितिका सचिव डा. कृष्ण यादवले चिकित्सा विज्ञानमा अध्ययन गरिरहेका तथा दैनिक बिरामी चेकजाँचमा व्यस्त रहेका डाक्टर, नर्सलाई ‘रिफ्रेस’ गराउन कलेज परिसरकै सभाहल, फुटबल तथा बास्केटबल मैदानमा विभिन्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
‘डाक्टर, नर्सको दैनिकको काम र चिकित्सा विज्ञानका विद्यार्थीहरूलाई पढाइको चापबाट केही हलुका बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद, फाइन आर्टलगायतका प्रतियोगितामा सहभागी गराउन लागेका हौँ ।यसबाट उनीहरूमा नयाँ ऊर्जा प्राप्त भई काम र पठनपाठनमा थप सहयोग मिल्ने अपेक्षा छ,’उनले भने ।
पठनपाठन र अस्पतालबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरी कार्यक्रमहरू सञ्चालन हुने कार्यक्रम अध्यक्ष डा प्रदीप घिमिरेले जानकारी दिए ।
रिफ्रेस कार्यक्रममा एमबिबिएसका विद्यार्थी, इन्टर्नसिप र नर्सिङ पढिरहेका विद्यार्थीहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण