आर्मी क्लबको छैटौँ जित, गण्डकी प्रदेशलाई सजिलै हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विगभागी टोली त्रिभुवन आर्मी क्लबले छैटौँ जित हात पारेको छ । आर्मी क्लबले शुक्रबार खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।
जारी प्रतियोगितामा हालसम्म सात खेल खेलेको आर्मी क्लब १२ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । आर्मी क्लबले ६ खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । गण्डकी प्रदेशको भने सात खेलमा यो छैटौँ हार हो । गण्डकी प्रदेश एक खेलमा मात्र विजयी भएको छ ।
दाङको लमही क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३०.३ ओभरमै अलआउट हुनुअघि एक सय १६ रनमात्र बनाउन सक्यो । जवाफमा आर्मी क्लबले २६.५ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
आर्मी क्लबको जितमा ओपनर तृतराज दासले ३७ रनको योगदान गरे । बसिर अहमदले पनि अविजित ३२ रन बनाए । सोमपाल कामी १० रनमा अविजित रहे । भीम सार्कीले १४ र ईमरान शेखले १२ रन बटुले । आर्मी क्लबले अतिरिक्त रुपमा ११ रन पायो ।
त्यसअघि, गण्डकी प्रदेशका लागि ओपनर अर्जुन कुमालले ३३ रन बनाएका थिए । दीपक डुम्रेले पनि १९ रन जोडेका थिए । कमल परियारले १७ र कप्तान विपिन खत्रीले १५ रन बनाए । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १२ रन पायो ।
आर्मी क्लबका बलर साहब आलम एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४२ रन खर्चिएका थिए । कुशल मल्ल र नरेन साउदले पनि दुई–दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण