विभागीय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथो जित हासिल गरेको छ । विभागीय टोली एपीएफ क्लबले शुक्रबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएको हो ।
जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको एपीएफ क्लबले चार जित र दुई हारको नतिजा निकालेको छ । सात खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो पाँचौँ हार हो । दुई खेलमा भने सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ४८.५ ओभरमा अलआउट हुनुअघि एक सय ९१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको एपीएफ क्लबले भने ३६.३ ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
एपीएफ क्लबको जितमा सन्दीप जोराले ५१ रनको योगदान गरे । उनले ६८ बलमा पाँच चौका पनि प्रहार गरे । ओपनर आसिफ शेखले पनि ३२ रन बनाए । उनले ४६ बलको सामना गरी चार चौका हिर्काए ।
ओपनर लोकेश बमले १९ रन बटुले । दिपक बोहराले १६ रन जोडे । कप्तान रोहित पौडेलले टोलीको खातामा १४ रन थपे । भुवन कार्की ०० रनमा अविजित रहे । सुमित महर्जनले पनि १२ रन बनाए । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २६ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल, विकास आग्री र नारायण जोशीले दुई–दुई विकेट लिए ।
त्यसअघि, टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि निश्चल क्षेत्रीले अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निश्चलले ५७ रन बनाए । उनले ९२ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान प्रकाश पाण्डेले पनि टोलीको खातामा ४२ रन थपे । उनले ७२ बलमा चार चौका पनि प्रहार गरे । सुदूरपश्चिम प्रदेशले कुल स्कोर १८ रन रहँदा ओपनर खड्क बोहरा (सात रन) लाई आफ्नो पहिलो विकेटका रुपमा गुमाएको थियो ।
त्यसपछि निश्चल र प्रकाशले टोलीको स्कोरलाई एक सय नौ रनको स्थितिसम्म पुर्याएका थिए । सुदूरपश्चिम प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २६ रन पाएको थियो ।
एपीएफ क्लबका बलर अमर रौतेला र रोहित पौडेलले तीन–तीन विकेट लिए । अमरले नौ ओभरमा एक मेडन राख्दै ३१ रन खर्चिए । रोहितले ७.५ ओभरमा ३४ रन खर्चिए । भुवन कार्कीले दुई र अभिषेक गौतमले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण