सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेनः देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अपांगता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकेको बताएका छन् ।
पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै अपांगहरूको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन पार्टी दृढ रहेको बताए ।
देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा उनीहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रहेको बताए ।
देउवाले लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले पनि प्रष्ट पारेको बताए ।
कांग्रेसकै अगुवाइमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा नेपालले शुरुमै हस्ताक्षर गरेको, अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको शुरुवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजना निर्माण भएको बताए ।
अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारप्रति कांग्रेस संवेदनशील रहेको बताउँदै उनले महाधिवेशनले संघलाई संस्थागत रूपमा थप सक्तक्त बनाउँदै, समावेशी लोकतान्त्रिक अभियानलाई प्रवद्र्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ, भन्ने शुभेच्छा व्यक्त गरे ।
आजबाट सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण