भन्सार छलीका सामान बरामद गर्न धनुषामा प्रहरीले चलायो गोली
जनकपुर । धनुषामा प्रहरीले भन्सार छलीको सामान बरामद गर्न गोली चलाएको छ । गोदाममा लुकाइ छिपाइ राखेको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गर्नु परेको धनुषा प्रहरीले जनाएको छ ।
शुक्रवार धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका –६ स्थितको एक भूस गोदाममा प्रहरीले छापा मारेको थियो । उक्त गोदामबाट प्रहरीले भन्सार छलीका १४ बोरा विभिन्न सामानहरू फेला पार्यो ।
प्रहरी प्रवक्ता वरुणबहादुर सिंहका अनुसार भन्सार छलीका बरामद उक्त सामान प्रहरी कार्यालयमा ल्याउन खोज्दा केही स्थानीयवासी प्रहरीमाथि जाइलागे । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्दै अवरोध गर्न खोजेपछि जवाफी कारबाहीमा प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको उनले बताए ।
आत्मरक्षाका लागि हवाई फायर गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । प्रहरीका अनुसार स्थानीय बद्री यादवको भूसको गोदामबाट १४ बोरा भन्सार छलीका अवैध सामान बरामद गरिएको हो ।
बरामद बोरामा खासगरी जुत्ता, चप्पल, मोबाइलका सामानहरुसहितका अन्य सामान रहेको प्रवक्ता सिंहले जानकारी दिए ।
‘सबै सामान प्रहरी कार्यालय ल्याइसकिएको छ, अब जाँच गर्ने काम भइरहेको छ । त्यसकारण के–के सामान छन्, त्यो एक छिनमा क्लियर हुनेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण