मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते

त्रिवेणी । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।
आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।
‘लुम्बनी प्रदेश ०३–००१ क ००२७ नम्बरको मिनीट्रकको पछाडि भागमा मार्बलसँगै देवचन्द्र र मन्दिर बसेका थिए । उकालो मोडमा मार्बल बाँधेको डोरी चुडिएपछि बीचमा बसेका दुई मजदुर च्यापिएका हुन्’, प्रहरी निरीक्षक पाठकले भने । उनका अनुसार देवचन्द्रको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका छन् भने मन्दिरको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।
घटनापश्चात प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छभने चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का विकास सुनार फरार रहेका प्रहरी निरीक्षक पाठकले जानकारी दिए । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?