अर्जेन्टिना विश्वकप छनोट नजिक
काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीबिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेमाथि संघर्षपूर्ण जित हात पारेको छ । स्थानीय समयअनुसार शुक्रबार राति भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो ।
टोलीको जितमा थियागो अल्माडा नायक बने । दोस्रो हाफको ६८ औँ मिनेटमा उनले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । खेलको अन्त्यतिर अर्जेन्टिनाका निकोलस गोन्जालेजले रातो कार्ड पाए पनि थप गोल हुन सकेन ।
१३ खेलपछि २८ अंक बटुल्दै अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा रहेको छ । टोलीले ९ खेलमा जित, १ मा बराबरी र ३ खेलमा हार बेहोरेको छ । उरुग्वे १३ खेलबाट २० अंकसहित चौथो स्थानमा छ ।
शुक्रबार भएको अन्य खेलमा इक्वेडरले भेनेजुएलालाई २–१ गोलले हरायो । योसँगै इक्वेडर अंक तालिकामा ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । १३ खेलबाट इक्वेडरको २२ अंक रहेको छ । ब्राजिलको समान खेलबाट २१ अंक छ । भेनेजुएला भने १२ अंकसहित आठौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण