अर्जेन्टिना विश्वकप छनोट नजिक

काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीबिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेमाथि संघर्षपूर्ण जित हात पारेको छ । स्थानीय समयअनुसार शुक्रबार राति भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो ।
टोलीको जितमा थियागो अल्माडा नायक बने । दोस्रो हाफको ६८ औँ मिनेटमा उनले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । खेलको अन्त्यतिर अर्जेन्टिनाका निकोलस गोन्जालेजले रातो कार्ड पाए पनि थप गोल हुन सकेन ।
१३ खेलपछि २८ अंक बटुल्दै अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा रहेको छ । टोलीले ९ खेलमा जित, १ मा बराबरी र ३ खेलमा हार बेहोरेको छ । उरुग्वे १३ खेलबाट २० अंकसहित चौथो स्थानमा छ ।
शुक्रबार भएको अन्य खेलमा इक्वेडरले भेनेजुएलालाई २–१ गोलले हरायो । योसँगै इक्वेडर अंक तालिकामा ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । १३ खेलबाट इक्वेडरको २२ अंक रहेको छ । ब्राजिलको समान खेलबाट २१ अंक छ । भेनेजुएला भने १२ अंकसहित आठौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?