कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ– मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकार कृषिको यान्त्रिकीकरणमा जोड दिइरहेको बताएका छन् ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को नवौँ वार्षिक साधारणसभामा मन्त्री अधिकारीले कृषिको आयात प्रतिस्थापनका लागि कृषिको आधुनिकीकरण तथा व्यवसायिकीकरणमा सरकार योजनाबद्ध तरिकारले अगाडि बढेका बताए ।
‘देश हरेक कुरामा परनिर्भर छ, आत्मनिर्भर हुन कृषिको विकास आवश्यक छ,’ उनले भने, ‘कृषिमा चाहेजति बजेट नभएकै कारण सोचेजस्तो काम गर्न सकिएको छैन ।’
त्यसअघि आफ्नो धारणा राखेका नेपाल वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले काम गरेजस्तो देखाए पनि त्यसको परिणाम नदेखिएको बताए । ‘प्रधानमन्त्री, कृषि मन्त्री, कृषि सचिवले काम गरेको देखाइरहेका हुन्छन् तर त्यसको नतिजा सकारात्मक देखिएको छैन,’ उनले भने, ‘सरकारले काम गर्न आफ्नो एटिच्युड ठिक हुनुपर्छ ।’
अर्थतन्त्रको मेरुदण्ड कृषि रहेको र यसलाई व्यावसायिक रूपले बढाउन निजी क्षेत्रले सरकारलाई सघाउने उनले बताए ।
कार्यक्रममा कृषि पत्रकार सुनिता सिटौला र गोपाल आलेमगरलाई सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण