भ्रष्टाचारको नायकलाई क्यानको महानिर्देशक बनाउने काम भयो - झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को महानिर्देशक बनाउने काम भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पार्टी सरकारमा गएका वेला क्यानको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएकाले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानबिन गर्नुपर्ने बताए । भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अब बाहिर आउने उनले बताए ।
यसअघि सार्वजनिक लेखा समिति बैठकमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले झलनाथ खनालको दबाबमा आफूले क्यानको महानिर्देशक नियुक्त गरेको आरोप लगाएका थिए। सम्मानीत नेता खनालले आफूले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको स्पष्ट पारे ।
उनले कम्युनिष्ट पनि हुँ भन्ने र कमिसनमा मुख गाड्ने कुरा सुहाउँदो नभएको पनि उल्लेख गरे । महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरी तत्कालीन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको उनले बताए ।
पार्टीको महाधिवेशन भएको लामो समय भइसक्दा पनि नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई प्रकाशन नगरिएको भन्दै उनले आपत्ति पनि जनाए । उनले नेताहरूले गरेको कमजोरीका कारण प्रतिगमनकारीहरू सक्रिय भएका जिकिर गरे ।
यस्तै अवस्था जारी भए ज्ञानेन्द्र शाह आएर नारायणहिटी बस्दैन भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ थियो । उनले प्रतिगमनलाई रोक्ने हो भने देशलाई आमूल परिवर्तन गर्ने कार्यक्रम र पहलकदमी आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण