मोटरसाइकल दुर्घटनामा वाईसिएल दोलखाका अध्यक्ष गम्भीर घाइते
दोलखा । वाईसिएल दोलखाका अध्यक्ष विनोद लामा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । शनिवार दोलखाको उत्तरी क्षेत्र सिंगटीमा मोटरसाइकल दुर्घटना हुँदा अध्यक्ष लामा गम्भीर घाइते भएका हुन् ।
दोलखाको बिगु गाउँपालिका– ४ सिंगटी निवासी लामा सिंगटीबाट चरिकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा खोलिखिम आसपास दुर्घटनामा परेका थिए ।
घाइते लामाको दोलखास्थित धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत् काठमाडौँ रिफर गरिएको छ । उनको काठमाडौँस्थित न्युरो अस्पतालमा उपचार भइरहेको नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ ।
चरिकोटबाट सिंगटी जाँदै गरेको ६३८४ नम्बरको मोटरसाइकल र लामा सवार ८४१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा अर्का मोटरसाइकल चालक गौरीशंकर गाउँपालिका–८ खारे निवासी २५ वर्षीय दिलु तामाङ पनि घाइते भएका छन् । उनको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण