सूर्यको फाइफर, कोशीको खराब प्रदर्शन जारी
लमही । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा कोशी प्रदेशले छैटौँ हार बेहोरेको छ । शनिबार भएको खेलमा कोशी बागमती प्रदेशसँग १ सय ३१ रनको विशालअन्तरले पराजित भएको हो ।
बागमतीले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको कोशीले २५.३ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । टोलीका लागि ऐस भट्टराईले सर्वाधिक ३७ रनको योगदान दिए । सुजन थपलियाले २५ तथा फिरदोस अन्सारीले २४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीलाई सस्तोमा समेट्न सूर्य तामाङले घातक बलिङ गरे । उनले ९ ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए । रिजन ढकालले ३ विकेट तथा साकार गजुरेलले २ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको बागमतीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । टोलीका लागि शुभ कंसकारले सर्वाधिक ३९ रनको योगदान दिएका थिए । ओपनर अशुतोष घिरइयाले २९ रन, ईशान पाण्डे र सौरभ शखाकर्मीले २५–२५ रन तथा पृथु बास्कोटाले २४ रन जोडे ।
कोशीका लागि प्रकाश कार्की र सुजन थपलियाले २–२ विकेट लिए । फिरदोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दीपेश कँडेलले १–१ विकेट लिए । ७ खेलबाट २ अंक बटुलेको कोशी अंक तालिकाको पुछारमा रहेको छ । बागमतीले भने ७ खेलबाट ६ अंक जोडेको छ । टोली छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण