जसपा नेपालका यूएई इन्चार्ज शेर्पा माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ । जसपा नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष पासाङ शेर्पालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष लक्ष्मण खनाललगायतको सहभागिता रहेको थियो ।
यसैबीच एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको एकता अधिवेशन गर्नेथरी समझदारी बनेको छ । उच्चस्तरीय समितिका संयोजक शेष घलेको प्रमुख आतिथ्यतामा दुबईमा भएको अन्तरक्रिया कार्यक्रममा जुलाई २० मा एकताको अधिवेशन गर्नेगरी समझदारी बनेको एनसीसी समन्वयन समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।
दुबईको कार्यक्रममा विकास शाही नेतृत्वको एनआरएनए र पासाङ शेर्पा नेतृत्वको एनआरएनए यूएईको सहभागिता थियो । शाही र शेर्पा दुबै जनाको सहभागिता रहेको कार्यक्रमबाट एकताको अधिवेशनमा जानेगरी समझदारी भएको कुँवरको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि घलेले सर्वोच्चको परमादेश र समितिले गराउनुपर्ने एकताको महाधिवेशनैपर्ने बाध्यताका सन्दर्भमा आफ्नो धारणा राखेका थिए । उनले सबै एनसीसीहरुलाई एकताको महाधिवेशनमा सहभागिताको आह्वान गर्दै यूएईको साथ र सहयोगका लागि आभार प्रकट गरे ।
उनले मार्च ३१ सम्म सदस्यता खुला गरिएको जानकारी गराउँदै सो बीचमा एनसीसीहरुको सक्रिय सहभागिताका साथ डेलिडेट्स दर्ताका लागि आग्रह समेत गरे । आफू एकताको महाधिवेशनकै लागि विश्व दौडामा रहेको बताउँदै विश्वभरका एनआरएनएहरुले देखाएको साथ र सहयोगका लागि आभार प्रकट गरे ।

यस्तै समितिका सदस्य तथा एनसीसी समन्वय समितिका संयोजक विनोद कुँवरले एनसीसीहरुमा एकताको माहोल बनेको आफूले पाएको भन्दै सर्वोच्चको परमादेश मान्नुको विकल्प नभएको बताए । उनले एकताको आफ्नो एजेण्डा दुबईमा पुष्टि भएको भन्दै खुसी प्रकट समेत गरे ।
यस्तै समितिकी सदस्य जानकी गुरुङ, अभियन्ताहरु आरके शर्मा, केशव पौडेलसहितले एकताको महाधिवेशनको पक्षमा आफ्नो धारणा राखेका थिए ।
यस्तै विकास शाहीले उच्चस्तरीय समितिलाई सहयोग गर्न सदस्यता आजैका मितिदेखि खुला गरेर बढीभन्दा बढी सदस्य बनाउन भूमिका खेल्ने बताए । पासाङले पनि सोही प्रतिबद्धता जनाउँदै एकताको विकल्प नभएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री सुनिल थापाको समेत सहभागिता रहेको थियो । यस्तै अभियन्ता शनिकुमार ओली, यूएईमा कार्यरत विभिन्न दल निकट भात्रृ संगठनका नेताहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण